बिष्णुकठ्ठा स्कूलमा भोलि स्वास्थ्य शिविर हुदै

दमक,२७ चैत । कमल गाउँपालिका- ७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा भोलि विहिबार हुने निःशुल्क बृहत स्वास्थ्य शिविरको तयारी पूरा भएको छ ।
कमल गाउँपालिकाको कमल नगर अस्पतालले आयोजना गरेको एकदिने वृहत स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको हो ।

कमल गाउँपालिका अध्यक्ष तथा कमल नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिह राईले शिविरमा विशेषज्ञ चिकित्सकहरू र प्राविधिक टोलीहरूद्धारा स्वास्थ्य परीक्षण,औषधी वितरण लगायतका सवै सेवाको तयारी पूरा भएको जानकारी दिए । अध्यक्ष राईले शिविरबाट त्यस क्षेत्रका बासिन्दाहरुले आफनो स्वास्थ्य जाँच,उपचार तथा परामर्श लगायतका सेवा लिन अनुरोध गरे ।

शिविरमा आम्दा अस्पताल दमक, आमा डेन्टल क्लिनिक दमक, मेची आँखा अस्पताल बिर्तामोडको प्राबिधिक सहयोग तथा नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज र नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा प्राविधिकहरू सहितको टोलीहरू मार्फत स्वास्थ्य सेवाहरू उपलब्ध हुने छन् ।

कमल नगर अस्पतालका कार्यालय प्रमुख दिपक दाहालका अनुसार शिविरमा फिजिसियन सेवा, स्त्रीरोग तथा प्रसूति रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, आँखा परीक्षण, दन्त परीक्षण, रक्तचाप र सुगर जाँच,पोषण लेजाजोखा कार्यक्रम, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ सेवा उपलव्ध हुने छन् । सोह अवसरमा पालिकाले कमल ६ र ७ का अपाङ्गता व्यक्तिलाई विभिन्न सहायक सामाग्रीहरु वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published.