कमल २६ चैत । विश्व स्वास्थ्य दिवसको अवसरमा कमल गाउँपालिका -१ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र बाँसबारीमा पोषण कर्नर स्थापना गरिएको छ ।पोषणयुक्त खानपान, सक्रिय जीवनशैली, सन्तुलित आहार लगायत स्थानीय समुदायलाई जीवनचक्रका विभिन्न अवस्थामा पोषणको महत्वलाई बुझाउने उद्देश्यले कर्नर स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक देवराज पराजुलीले बताए ।
पोषणमा लगानी वृद्धिसँगै पोषणको महत्वबारे आम नागरिकलाई सूचित गराउने, स्थानीय स्तरमा पाइने पोषिलो अन्न,गेडागुडी, हरियो सागपात, फलफुल, दुधजन्य पदार्थलाई उचित उपभोग गर्न सिकाउने र समुदायमा पोषणसम्बन्धी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले पोषण कर्नर सन्चालनमा ल्याईएको उनले बताए ।
खाना र पोषणसंग सम्बन्धित धेरैजसो समस्या अप्रयाप्त, असन्तुलित वा चाहिने भन्दा धेरै वा कम पौष्टिक तत्व भएको खाना उपभोगका कारणले हुने गरेको भन्दै यस्ता सूचनामूलक कर्नरबाट आवश्यक जानकारी लिन सकिने कमल १ का वडाअध्यक्ष केदार कटुवालले बताए ।