दमक नगर प्रमुख थापाले गरे योजनाको अनुगमन

दमक,२४ चैत । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले शुक्रवार नगरका बिकास निर्माणका विभिन्न योजनाहरुको अनुगमन गरेका छन् ।नगर प्रमुख थापासहित सव इन्जिनियर पारषमणि गौतमसहितको टोलीले दमक -४ का सडक ,मन्दिर लगायतका योजनाहरुमा भईरहेका कामका बारेमा स्थलगत अनुगमन गरेका हुन् । उनले त्यसक्रममा त्यहाँका सरोकारवाला तथा स्थानीयबासीहरुसंग निर्माणका बारेमा जानकारी लिएका थिए ।
नगर प्रमुख थापाले दमक- ४ स्थित चियादोकान उत्तरको निर्माणाधिन सडक, त्यहाँको ओमसाइराम मण्डलीको निर्माणाधिन योजनाका बारेमा जानकारी लिए । उनले मण्डलीको प्राङगणमा टाली ओछ्याउन सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए ।
यसैगरि नगर प्रमुख थापाले दमक -४ कै एकता टोलसंगैका तीन वटा टोलमा निर्माणाधिन कालोपत्र सडकको बारेमा समेत स्थलगत जानकारी लिएका थिए ।
एकता टोल दक्षिण सर्वोदय बोर्डिङ स्कूल जाने सडक ग्राभेल निर्माणका लागि २ लाख ५० हजार वजेट उपलव्ध गराउने प्रतिवद्धता जनाए । उनलाई त्यस सडकको अधुरो योजना पूरा गराउन माग राखेका स्थानीय पर्शुराम सञ्जेलले बताए ।
सडक लगायतका योजनाहरुको अनुगमनका क्रममा नगर प्रमुख थापाले दमकलाई समृद्ध बनाउन आफनो एकमात्र ध्येय रहेको सुनाए ।

 

 

Leave a Reply

Your email address will not be published.