दमक,२५ चैत । दमक खोपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी दमकका अध्यक्ष हेम सुवेदीले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
आइतवार निर्वाचनमा अप्रत्यासित नतिजा आएलगत्तै उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएका हुन् । उनले नैतिकताका आधारमा पार्टीको जिम्मेवारी त्यागेका घोषणा गरेका छन् ।
सुवेदी नेपाली कांग्रेस– राप्रपा गठबन्धनबाट खानेपानीको लेखा संयोजक पदमा उम्मेदवार भएका थिए । उनी नेकपा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार भएकी राधिका ओझासंग १२ मतको झिनो मतान्तरले पराजित भएका थिए । माओवादी निकट वुद्धिजीवि संगठनमा समेत आवद्ध उनी दमक बहुमुखी क्याम्पसकी उपप्रध्यापक समेत हुन् । उनले १४७६ मत ल्याएर विजयी हुदाँ सुवेदीले भने १४६२ मत प्राप्त गरेका थिए ।
यसैवीच, राप्रपा क्षेत्रीय अध्यक्ष भीम पौडेलले आफनो पार्टीका नगर अध्यक्ष हेम सुवेदीले राजीनामा दिएको विषय आफूले पनि सामाजिक सञ्जालमा मात्र देखेको बताएका छन् । खानेपानीको निर्वाचनमा पराजित भएको वेला उनले दुःख विसाएका होलान भन्दै नगर अध्यक्ष सुवेदीले त्यस्तो गलत गर्न नसक्ने क्षेत्रीय अध्यक्ष पौडेलको भनाई छ ।