दमकका तीन जना एकैदिन कारागार चलान
दमक,२४ चैत । दमकबाट प्रहरीले विभिन्न मुद्धामा फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरि कारागार चलान गरेको छ । पक्राउ परेका उनीहरु तीनै जनालाई अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार दमक ३ का ३६ बर्षिय नगेन राई, दमक ८ का ४१ बर्षिय बेद प्रसाद सेढाइँ र दमक ८ का ४५ बर्षिय पवन लिम्बू अदालतको आदेश अनुसार छुट्टाछुटै मुद्धामा आज शुक्रबार जिल्ला कारागार चन्द्रगढी चलान गरिएको हो । अभियुक्त राई भने १२ वर्षपछि पक्राउ परेका हुन् ।
राईलाई २०६७ साल फागुन १७ गते जवरजस्तीकरणी मुद्धामा ११ वर्ष सजाय सुनाएको थियो भने सेढाइँलाई २०६९ चैत्र २० गते ठगी मुद्धामा ५ दिन र रु १ हजार जरिवाना र लिम्बूलाई २०७५ असार ५ गते सवारी ज्यान मुद्धामा १ बर्ष ११ महिना ४ दिन कैद सजाँय सुनाएको थियो ।