उर्लाबारी, २२ चैत । अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई मोरङको ग्रामथानबाट प्रहरीले पक्राउ गरेको छ ।अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार ग्रामथान गाउँपालिका –२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीया सुस्मिता लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
लिम्बूले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटेपछि प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो ।
नरग्राम माध्यमिक विद्यालय टंकीसिनावरीकी परीक्षार्थी सिम्बल न. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उपमहानगरपालिका वडा –५ की सुस्मितालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताए । पक्राउ परेका लिम्बूमाथि अनुसन्धान भइरहेको दाहालले बताए ।