खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा,२२ चैत ।  झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले श्रीमतीको हत्या गरेका छन् । बिहान ६.३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन् ।
घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक राजेन्द्र शर्माले बताए । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएका थिए । श्रीमती अर्कै व्यक्तिसंग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको बताइएको छ ।मृतक दिव्यज्योति मावि राजगढमा शिक्षण पेशामा आवद्ध रहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.