कमल ५ मा पोषण लेखाजोखा कार्यक्रम शुरु

कमल ,२१ चैत । कमल -५ स्थित आधारभूत स्वास्थ्य सेवाले आज कमल- ५ को मंगलवारे वजारमा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गरिएको छ ।मंगलमय टोल विकास संस्थाको व्यवस्थापनमा स्वास्थ्य संस्थाले छ महिनादेखि ९ महिनासम्मका बालबालिकाहरुको पोषण जाँच गरि पोषण सामाग्रीहरु वितरण गरिएको केन्द्रकी प्रमुख पवित्रा बर्देवाले बताईन् । त्यसबाट २२ जनाले सुविधा पाएका थिए ।

कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, कमल नगर अस्पतालका व्यवस्थापन समिति सदस्य बाबुराम थुलुङ, टोल विकासका अध्यक्ष गणेश प्रधान, सगुन युवा क्लवका अध्यक्ष देवेन्द्र आङदेम्बे, स्वास्थ्यकर्मी विद्या प्रधान, टोलका सचिव तुलसी तिवारी लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य सेवा केन्द्रले यस किसिमका कार्यक्रम राधाकृष्ण,नवदुर्गा टोलमा पोषण लेखाजोखा कार्यक्रम सञ्चालन गरिने उनले बताईन् ।

Leave a Reply

Your email address will not be published.