चुम्लुङका जिल्ला सल्लाहकारहरुलाई स्वागत तथा सम्मान

झापा,२० चैत । किरात याक्थुङ चुम्लुङ झापाले जिल्ला सल्लाहकार तथा जिल्ला परिषद सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।बिर्तामोडस्थित जिल्ला चुम्लुङ हिममा बुधबार एक कार्यक्रम गरि जिल्ला सल्लाहकार एवम जिल्ला परिसद सदस्यहरुलाई स्वागत सम्मान गरेको हो ।सोही अवसरमा चुम्लुङले मनोनित चार जना जिल्ला सदस्यहरुलाई सपथ ग्रहण समेत गराएको सचिव भिममाया नेम्बाङले बताईन् ।

चुम्लुङ झापाका जिल्ला अध्यक्ष शेसेहाङ फियाकको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सदस्य तथा चुम्लुङ भवन पूर्ननिर्माण उपभोक्ता समितिका संयोजक धर्म लक्सम्बाले स्वागतले मन्तब्य राखेका थिए । मन्तव्यका क्रममा उनले चुम्लुङ जिल्ला कार्यालयका अधुरो भवन पूर्णनिर्माणमा करिव रु ६ लाख ५० हजार खर्च भएको र थप काम अझै बाकी रहेकाले त्यसतर्फ लाग्नुपर्ने बताए ।

कार्यक्रममा चुम्लुङका जिल्ला सल्लाहकार तथा विर्तामोड -६ का वडाअध्यक्ष सुर्य कन्दङवाले चुम्लुङ झापाको भौतिक विकासमा स्थानीय सरकारको तर्फवाट आफनो वडाले आगामी वर्ष २ लाख बजेट उपलव्ध गराउने प्रतिवद्धता जनाए ।

त्यस्तै, जिल्ला सल्लाहकार विष्णु सुब्बा, जिल्ला सदस्य योगचन्द्र आङ्बुहाङ ,राष्ट्रिय चुम्लुङ सदस्य शर्मिला आङदेम्बेले जिल्ला चुम्लुङको समग्र वृद्धिविकासमा आफनो क्षेत्रबाट सदैव सहयोग पुरयाँउने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा चुम्लुङ झापाका जिल्ला सल्लाहकार राधा सुब्बा , विर्तामोड -१ का वडा सदस्य तथा सल्लाहकार योगचन्द्र आङबुहाङ ,जिल्ला कोषाध्यक्ष ,जिल्ला सदस्य बन्दना नेम्बाङलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.