पथरीशनिश्चरे, १८ चैत्र ।पथरी शनिश्चरे २ को बुद्धचोकस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले ९ औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह भव्यताका साथ मनाएको छ।
आज सोमबार पथरी शनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वनको सभाहलमा उक्त समारोह सम्पन्न भएको हो।
समारोहका प्रमुख अतिथि समेत रहेका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यस विद्यालयले मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै बालबच्चाप्रतिको लगानी सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे।
मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा न. २ का वडाध्यक्ष नैना राई, वडा सदस्यहरु खिलनाथ घिमिरे, चन्द्रकुमार राई , अम्विका लिम्बू,सिता दर्जी, वडा सचिव गोमा पौडेल र अभिभावकहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विभिन्न तहका ससाना नानी बाबुहरूले गायन, नृत्य तथा अन्य सुन्दर सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।
विगत नौ वर्षदेखि सो विद्यालयले मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्दै आईरहेको छ।