झापा ,१९ चैत । घृतकौशिक गोत्रिय प्रतिष्ठान माईधाम झापाको नयाँ नेतृत्व चयन भएको छ ।सोमबार सम्पन्न प्रतिष्ठानको बार्षिक साधरण सभासहित नवौ अधिवेशनले आगामी तिन बर्षका लागि विष्णु प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा योगराज खनाल ,नेत्र प्रसाद बराल, महासचिवमा खगेन्द्र बराल,सचिवमा सुर्य प्रसाद नेपाल, कोषाध्यक्षमा शुशिला बराल चुनिएका छन् । यसैगरि , सदस्यहरुमा ओमप्रसाद खनाल, नरेन्द्र बराल, कल्पना खनाल,भुपाल नेपाल र दिननाथ खनाल चयन भएका छन् ।
सोहि साधारण सभाले सोमनाथ बराल संयोजक रहनेगरि तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ ।जसमा खेमराज खनाल र कमला नेपाल सदस्य रहेका छन् ।
कोशी प्रदेशका सांसद राधाकृष्ण खनालको प्रमुख आतिथ्यतामा र प्रतिष्ठानका पूर्व अध्यक्ष बेदनिधी नेपालको बिशिष्ठ आतिथ्यतामा रहेको उक्त कार्यक्रमको अध्यक्षता
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद खनालले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव हरिभक्त बरालले गरेका थिए ।साधारणसभामा घृतकौशिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद खनालले प्रस्तुत गरेको बार्षिक प्रतिबेदन र कोषाध्यक्ष सुर्यप्रसाद नेपालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई बन्दसत्रले सुझावसहित पारित गरिएको थियो ।
कार्यक्रममा खनाल सेवा समिति झापाका अध्यक्ष तेजप्रसाद खनाल, नेपाल बंश परिषद झापाका कार्यवहाक अध्यक्ष गंगाराम नेपाल , बराल बंश परिषदका उपाध्यक्ष धर्म बराल ,सुतार कार्की बंश सेवा समाज झापाका अध्यक्ष बृषबहादुर कार्की,सरस्वती कन्या गुरुकुल शिवशतासीकी प्राचार्य बिन्दा बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।