ढुकढुकीले बनाउदै कभर्ड हल

कमल,१८ चैत । कमल गाउँपालिका ६ लखनपुरस्थित ढुकढुकी युवा क्लवले कभर्ड हल निर्माण थालेको छ । वडा कार्यालयको विनीयोजित रु ५ लाखको वजेटबाट कभर्ड हलको निर्माण कार्य शुरु गरिएको क्लवका अध्यक्ष तेजु आङदेम्बेले बताए ।
उनकै अध्यक्षतामा निर्माण उपभोक्ता गठन गरिएको छ । वडाको बजेटमार्फत सो कभर्ड हलमा यसवर्ष व्याडमिन्टन खेलका लागि संरचना तयार हुने उनले जनाएका छन् । व्याडमिन्टनसहित इनडुवर खेलकुदका लागि क्लवले करिव २५ लाखको कभर्ड हल निर्माणको योजना अघि बढाएको हो ।
यसैवीच, क्लवले आफनो ठाउँलाई व्याडमिन्टन हवका रुपमा विकास गर्ने उद्देश्यले व्याडमिन्टन टुर्नामेन्टको समेत तयारी थालिएको अध्यक्ष आङदेम्बेले बताए ।
युवाहरुलाई एकतावद्ध गरि सामाजिक कार्यमा जोड दिने उद्देश्यले एक दशक अघि लखनपुरका युवाहरुले यस क्लव स्थापना गरि विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गरिआएका छन् ।

Leave a Reply

Your email address will not be published.