आन्दोलनकारीद्धारा कमल गाउँपालिकामा तालावन्दी

दमक,१७ चैत । कोसी प्रदेश नामकरणको विषयमा विरोध जनाउदै आन्दोलनमा उत्रिएका पहिचानवादीहरुले आज झापाको कमल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रदेश न.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आव्हानमा उनीहरुले घोषित आन्दोलनको कार्यक्रम अनुसार पालिकाको कार्यालयमा तालावन्दी गर्नुका साथै कोशी लेखिएका कार्यालयका कागजातहरु जलाएका छन् ।
विभिन्न ठाउँबाट सहभागि भएका आन्दोलनकारीहरुको एक समूहले चर्का नाराजुलुस गरि कार्यालयको चेनगेटमा कालोझण्डा गाड्नुका साथै तालावन्दी गरेका थिए । तालावन्दी गर्न पहिचानवादी नेता प्रेमदिप थाम्सुहाङ,जसपा झापाका अध्यक्ष दिपेनवाला राई लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो । आन्दोलनकारीले पालिकाका सवै कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेका थिए ।
उनीहरुले पालिकाको कार्यालयसहित कमल २, ३ ,४ , ५ ,६ र ७ वडा कार्यालयमा पुगेर तालावन्दी गरिएको आन्दोलनकारी नेता थाम्सुहाङले बताए ।
गाउँपालिकामा तालावन्दीका क्रममा केहिबेर प्रहरी र आन्दोलनकारीवीच ठेलमठेल बन्न पुगेको थियो । तालाबन्दी पछि पालिकासहित वडा कार्यालयका दैनिक कामकाज प्रभावित हुन पुगेको थियो ।
गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोसी राखेसँगै राजनीतिक दलसंगै पहिचानवादीहरु शान्तिपूर्ण रुपमा आन्दोलित छन् ।

 

https://www.facebook.com/messenger_media?attachment_id=730964225234487&message_id=mid.%24cAAAAAF7sZ9iNaAAghWHNrnuK-A2l&thread_id=100000588693034

Leave a Reply

Your email address will not be published.