दमक,१८ चैत । दमक -६ मा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको कमल गाउँपालिका वडा न. ५ मंगलवारे वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
कमलका शेयर सदस्यहरुलाई लक्षित गरि संस्थाले आजदेखि औपचारिक रुपमा सेवा केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष मिलन आचार्यले बताए ।२०७१ सालमा स्थापना भएको यस संस्थाको यो सेवा केन्द्र पहिलो हो । सेवा केन्द्रको एक कार्यक्रमका बीच संस्थाका सल्लाहकार संयोजक प्रेमकुमार पाण्डेले उद्घाटन गरे । सेवा केन्द्र उद्घाटनका क्रममा संयोजक पाण्डेले सहकारीलाई सदस्य केन्द्रीत सेवा पुरयाँउन लाग्नु पर्ने औल्याँए ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकार राजु पाण्डे, युवराज घिमिरे, महेन्द्र खड्का , विश्वास कास्यप , रामचन्द्र ढकाल,सहकारीकर्मी राजकुमार न्यौपाने ,सञ्चालक समिति, लेखा समिति, कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
अध्यक्ष आचार्यका अनुसार संस्थामा हाल शेयर सदस्यको संख्या २२ सय नाघेको छ भने वासलात २९ करोड बढी रहेको छ ।गत महिना मात्र दमकको सभ्यसमाज बचत तथा ऋण सहकारी संस्था र पशुपति बहउद्देश्यीय सहकारीवीच एकीकरण भएको थियो । एकीकृत साधारणसभाले संस्थाको नाम पशुपति बचत तथा ऋण सहकारी संस्था कायम गरेको अध्यक्ष आचार्यले बताए ।
सेवा केन्द्रकी प्रमुख जुनु रेग्मीका अनुसार मंगलवारे सेवा केन्द्र उद्घाटनका क्रममा करिव तीन दर्जन नयाँ बचत खाता खोलिएका छन् । संस्थाको नियमानुसार सेवाकेन्द्रले बचत तथा ऋणससहित अन्य सेवाहरु उपलव्ध गराउने संयोजक रेग्मीले बताईन् ।