पथरी शनिश्चरे, १८ चैत्र ।मोरङको पथरी शनिश्चरेमा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।आईतबारदेखि शुरु भएको सो प्रतियोगिताको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरे ।
पथरी शनिश्चरे वडा नं १ द्वारा आयोजित सो प्रतियोगिता आगामी २५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नगरका १० वटै वडा फुटबल टिमहरूले सहभागिता जनाएका छन्।
उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई खेल नियमाअनुसार सडेन डेथ ७ -६ गोल अन्तरले पराजित गर्दै गोल गर्दै विजय हासिल गरेको थियो। खेलको निर्धारित समयमा दुवै टिम बराबरीमा भएपछि खेल ट्राइबेकर तर्फ धकेलिईएको थियो। ट्राइबेकरको आयोजक वडा नम्बर १ विजयी भएको थियो ।
खेलको म्यान अफ दि म्याच वडा नं ३ का गोलकिपर सुगम लिम्बू घोषित भए।
खेलाडी लिम्बूलाई वडाध्यक्ष भीमकुमार राई र अखिल नेपाल फुटबल सङ्घ मोरङका अध्यक्ष सञ्जीव बुढाथोकीले मेडल तथा ट्रफी प्रदान गरे ।आजको खेल वडा नं २ र वडा नम्बर १० बीच हुने आयोजकले जनाएको छ।
उद्घाटन समारोहमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी, नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत पिताम्बर वस्ती, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी प्रसाद आचार्य,इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, वडा नम्बर ८ का वडाध्यक्ष नवीन जङ् कार्की, वडा नं ३ का वडाध्यक्ष विजय लिम्बू लगायतको उपस्थित रहेको थियो।