दमक,१८ चैत । यहाँस्थित दमक सहकारी संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार सम्पन्न निर्वाचन कार्यक्रमबाट संस्थाको अध्यक्षमा डा.नेत्र बहादुर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । सहकारीकर्मी डा. बुढाथोकी दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् ।
नौ सदस्यीय गठित सञ्चालक समितिको उपाध्यक्षमा भवकृष्ण खतिवडा , सचिवमा पदम प्रसाद घिमिरे र सदस्यहरुमा मनिकुमार बुढाथोकी ,सरिता लिम्बू थेबे,अम्बरबहादुर कुमाल ,टंकप्रसाद ढुंगाना ,रेनुका ओली र सुरेन्द्र भण्डारी चयन भएका छन् ।
यसैगरि, जयराज भट्टराईको संयोजकत्वमा संगिता प्रसाई ,भिमबाबु भट्टराई रहेको तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध समिति चयन गरिएको निर्वाचन समितिका संयोजक यज्ञराज गिरीले बताए ।