कियाचु बिर्तामोडको नेतृत्व,अध्यक्षमा पुनः कन्दङवा

बिर्तामोड ,१८ चैत । किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर समितिको अध्यक्षमा पुनः हिमालयप्रकाश कन्दङवा चुनिएका छन् । चुम्लुङको शनिवार सम्पन्न चौथो नगर अधिवेशनले कन्दङवाको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा मनु जबेगु, सचिवमा सुकबहादुर आङदेम्बे, सहसचिवमा शेरबहादुर मादेन र कोषाध्यक्षमा सावित्रा इङनाम चुनिएका छन् ।यसैगरि, सदस्यहरुमा लोकबहादुर लिम्बू, सन्तकुमार लिङदेन, दिलकुमारी लिम्बू, सुन्दर तुम्बाहाङ्फे, धनराज याक्सो, प्रमिला लिम्बू ,गंगादेवी कन्दङवा, प्रेमकला बेघा, बालकुमारी लक्सम्बा, रुद्रकुमार चोङ्वाङ, सूर्य खजुम लगायत चुनिएका छन्। निर्वाचित समितिको कार्यकाल तीन वर्षको रहने छ ।
नयाँ नेतृत्व चयन गर्न चुम्लुङ जिल्ला सेसेहाङ फियाकको संयोजकत्वमा धर्म लक्सम्बा र बन्दना नेम्वाङ सदस्यमा निर्वाचन समिति गठन गरिएको थियो । सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको थियो । सो कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कन्दङवाले संस्थाले कार्यालय भवन निर्माण, अक्षय कोष स्थापना लगायतका अभियानलाई सम्पन्न गर्न र त्यसमा सहयोग पुरयाँउन अनुरोध गरे ।
कियाचुका संघीय सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा केन्द्रीय सदस्य जेबी जबेगु, पूर्व केन्द्रीय सदस्य राधा सुब्बा, पूर्व नगर अध्यक्ष धर्म लक्सम्बा , नगर सल्लाहकार हरु प्रेमकुमार लिम्बू, देशु वनेम, धनराज योङहाङ, खत्रीबहादुर आङ्बोहाङ, योगेन्द्र आङ्बोहाङ लगायतको उल्लेखीय उपस्थिति रहेको थियो । अधिबेशनमा निवर्तमान समितिले प्रस्तुत गरेको आर्थिक तथा सांगठानिक प्रतिवेदन सुझावसहित पारित गर्नुका साथै लिम्बू जातिका परम्परागत च्याबु्रङ नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.