दमक, १६चैत । झापाको दमक र हल्दिवारी गरि दुईवटा स्थानीय तहले आज रामनवमी पर्वको अवसरमा स्थानीय विदा दिएका छन् ।हिन्दु धर्मावलम्बीहरुको महान पर्व रामनवमीका अवसरमा दमक नगरपालिका र हल्दिवारी गाउँपालिकाले आज एक दिन स्थानीय बिदा दिएका हुन् ।
दुवै स्थानीय तहले सूचना निकालेर पालिका कार्यालयसहित त्यसअन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा विदा दिइएको उल्लेख छ । दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शशी राई र हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद चापागाँईले सूचना जारी गर्दै बिदा दिईएको जनाएका छन् ।