भिटामिन ए, बी ,सी र डी को महत्व अनी आवश्यकता

-डा.लेखनाथ न्यौपाने
हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिन धेरै प्रकारका हुन्छन् । त्यसमध्ये भिटामिन ए, बी सी र डीका प्रकार तथा यसका महत्व बारे आजको लेखमा व्याख्या गरिएको छ । समग्र भिटामिनलाई दुई प्रकारमा विभाजन गरिएको हुन्छ पानीमा घुलिने र चिल्लो अथवा बोसोमा घुलिने भिटामिन । बोसोमा घुलिने भिटामिन ए, डी, इ र के हुन भने पानीमा घुलिने भिटामीन हुन बी र सी ।
भिटामीन ए :हरेक उमेर समूहलाई आवश्यक भए पनि सबैभन्दा धेरै केटाकेटी र बुढाबुढीलाई आवश्यक पर्ने भिटामिन हो ए । केटाकेटीमा कमजोर रोग प्रतिरोधात्मक क्षमता हुने र विभिन्न प्रकारका संक्रामक रोगले आक्रमण गर्ने हुँदा यसबाट बच्न, रतन्धो र अन्य आँखामा लाग्न सक्ने रोगबाट बच्न भिटामिन ए धेरै चाहिन्छ । यसको कमी नहोस भनेर सरकारले भिटामिन ए खुवाउने कार्यक्रम पनि हरेक वर्ष गर्दै आएको छ । यसरी नै बुढेसकालमा पनि खानाको कमी या भिभिन्न रोगका कारण आवश्यक मात्रामा भिटामिन ए युक्त खानेकुरा खान नसकिने र रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यसको वढी आवश्यकता पर्छ ।
यसरी नै गर्भवती महिला र स्तनपान गराउने आमाकालागि पनि अतिरिक्त मात्रामा भिटामिन ए खानुपर्छ । यो भिटामिनको कमी हँदा रोग प्रतिरोधात्मक क्षमता मात्र कमी हुदैन आँखामा मात्र समस्या आउँदैन शरीर फुर्ति नहुने मात्र रहदैन प्रजनन स्वास्थमा पनि प्रभाव देखाउने हुँदा यो भिटामिन प्राप्त हुने खानेकुरा र फलफूल अनि सागसब्जी प्रसस्त मात्रमा सेवन गर्नुपर्दछ । हामीलाई दैनिक चाहिने मात्र भनेको १.५मी.ग्रा हो । जो हामीले दैनिक सेवन गर्ने खानेकुराबाट प्राप्त गर्न सक्छौं । यसको स्रोतः दुध, मक्खन, अण्डा, गाजर, पाकेको फर्सी, मेवा, सुठुनी, सागपात, किवी, स्याउ लगायतका पहेला फलफुलमा प्रसस्त पाइन्छ ।

 


भिटामीन डी : घाटीको अगाडी थाइराइड ग्रन्थीको छेउमा रहेका साना पाराथाइराइड ग्रथ्थीले उत्पादन गर्ने भिटामिन हो डी । बोसो या चिल्लो पदार्थमा घुलिने यो भिटामिनको कमी भएमा हड्डीमा हुने रोग रिकेट्स, हड्रडी खिइने र मांसपेशी कमजोर हुने, डिप्रेसन वढाउन सहयोग गर्ने, जीउ दुख्ने, सुन्निने, केटाकेटीमा दम रोग लाग्न सहयोग पुर्याउने, मुटुमा समस्या ल्उयाउने, मधुमेह, उच्च रक्तचाप, क्यान्सर जस्ता रोग लाग्न उक्साउने हुन्छ । यसले सेरेटोनिन् जस्ता बायोकेमिकल हर्मोन मस्तिष्कमा उत्पादन गरेर आफुलाई खुसी तुल्याउन, शरीरलाई आवश्यक पर्ने क्याल्सियम शोषण गर्न भूमिका खोल्ने जस्ता विभिन्न सुक्ष्म कार्य गर्ने भीटामिन डी हाम्रो शरीरलाई अति आवश्यक तत्व हो । यसरी नै पछिल्लो अनुसन्धान अनुसार यो भिटामिनको कमी भएमा शरीर काम्ने(पार्किन्सन्स् डिजिज), डिमेन्सिया(बुढेसकालमा विर्सने), जस्ता घातक रोग लाग्ने सम्भावना धेरै रहेको छ ।

स्रोतः भिटामीन डी को मुख्य स्रोत भनेको सूर्यको किरण अथवा घाम हो । सकेसम्म विहानको घाममा हरेक दिन १० मिनेट अथवा हप्तामा ३० मिनेट खुल्ला डडाल्नो सो सम्भव नभए पातलो सोतो कपडा लगाएर बसेमा भिटामिन डी शरीरलाई चाहिने जति प्राप्त हुन्छ । अझ यसको राम्रोसँग शोषण हुनका लागि चिल्लो पदार्थ भएको खानेकुरा विशेष गरेर थोरै भए पनि घिउ खानु राम्रो हो । यसको कमी भयो भने चिल्लो पदार्थ शोषणमा पनि कमी आउछ । यसरी नै अन्य स्रोतहरु मा दुध र दुग्ध जन्यपदार्थ, अण्डा, माछाको तेल आदि मुख्य हुन् । शरीरलाई चाहिने मात्र ०.०१५ मिलि ग्राम ।
पानीमा घुलिने भिटामीन :  भिटामिन बी र सी पानीमा घुलिने भिटामिन हुन् । यी भिटामिनको शरीरमा धेरै महत्व हुन्छ । यसमा पनि भिटामिन बी धेरै प्रकारका र शरीरमा पनि विभिन्न प्रकारका काम गरिरहेका हुन्छन् ।
भिटामिन बी १ : भिटामिन बी १लाई थाइमिन पनि भनिन्छ । पानीमा सजिलै घुलिने यसको कमी भएमा बेरीबेरी, मुटुमा विभिन्न समस्या, नसा सम्बन्धी समस्या लगायतका थुप्रै रोगहरु लाग्न सहयोग पुग्छ । यसका साँथै यो भिटामिनले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न अनि दिमागलाई सामान्य राख्न मद्धत गर्छ । स्रोतः माछा, मासु, अण्डाको पहेलो भाग, विभिन्न प्रकारका दाल, गेडागुडी, आलु, कोदो, जौ, फापर आदिमा प्रसस्त भिटामिन बी १ पाइन्छ ।
भिटामिन बी २ : यसको अर्को नाम हो राइबोप्mलोविन । पानीमा सजिलैसँग घुलिने भिटामिन बी२ ले हरेक कोषमा रहेर शक्ति उत्पादन गर्न मद्धत गर्नुका साँथै विभिन्न प्रकारका अत्यावश्यक तत्वले शरीरलाई स्वस्थ राख्न सहयोग गरिरहेको हुन्छ । यसको कमी भएमा कलेजो, फियो सुन्निने मुखमा घाउ आउने, समय भन्दा अगावै बच्चा जन्मिने, पाचन प्रणालीमा समस्या देखापर्ने, जन्मिने वित्तिकैको बच्चामा कमलपित्त(नियोनेटल जन्डिस) देखापर्ने, शरीरका विभिन्न भागमा मसिना बिमिरा देखापर्ने जस्ता समस्या हुन्छन् । स्रोत दुध र दुग्ध जन्य पदार्थ, अण्डा, कलेजो, उम्रिएका गेडागुडी, ब्रोकाउली, पालक आदि ।
भिटामिन बी ३ : भिटामीन बी३ को पनि मुख्य काम शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्नु हो । यसलाई नाइसिन पनि भनिन्छ । यसको मुख्य स्रोत माछा, मासु अन्य खाध्य पदार्थ हुन् ।
भिटामिन बी ५ :यसलाई पेन्टोथेनिक एसिड पनि भनिन्छ । यसको पनि मुख्य काम कोषमा रहेर शक्ति उत्पादन गर्नु नै हो । यो भिटमीन पाइने स्रोतमा फलफुल, सागसब्जी, दाल आदि हुन् ।
भिटामिन बी ६ः भिटामिन बी -६ लाई पाइरोडोक्सिन पनि भनिन्छ । यसको पनि मुख्य काम शरीरका कोषलाई शक्ति प्रदान गरेर मजबुत बनाउनु हो । र, शरीरमा शक्ति उत्पादन गर्न मद्धत गर्नु हो । यसको शरीरमा कमी भए अचानक वेहासी पना देखापर्ने या मस्तिष्क सम्बन्धी समस्या देखापर्ने हुन्छ । स्रोत माछा, मासु, दाल, दुध, अण्डा, पालकको साग आदि ।
भिटामिन बी ७ : भिटामिन बी -७ लाई बायोटिन पनि भनिन्छ । यसको काम पनि शरीरका कोषमा रहेर शक्तिः उत्पादन गर्न मद्धत गर्नु हो । यसको स्रोत पनि हामीले सेवन गर्ने खानेकुरामा नै पाइन्छ ।
भिटामिन बी ९ : भिटामिन बी -९ लाई फोलिक एसिड पनि भनिन्छ । रातो रक्तकोषमा रहेको हिमोग्लोविन वढाउन मुख्य भुुूमिका खेल्नुका साथै सम्पूर्ण नसाको कोष विकासमा सहयोग गर्छ । यो भिटामिनको कमी भएमा रक्त अल्पता, पेट सम्बन्धी समस्या, मांसपेशीको दुखाइ आदि हुन्छ । यो भिटामिनको महत्व स्वास्थ बच्चा जन्मन सहयोग गर्नु पनि रहेकाले गर्भवती महिलालाई ख्वाउने गरिन्छ । स्रोत हरियो सागपात, दाल, गेडागुडी, माछा, मासु, कलेजो आदि ।

भिटामिन बी १२ : भिटामिन बी१२ लाई साइनाकोबाल्मिन पनि भनिन्छ । यसले शरीरका कोषमा रहेर शक्ति उत्पादन गर्न सहयोग गर्नुका साँथै मानसिक विकासमा पनि भूमिका खेल्छ । यसको कमी भयो भने रक्तअल्पता, शरीरका अङ्ग निदाउने, झमझम गर्ने, पखाला लाग्ने, मानसिक कमजोरी देखापर्ने जस्ता अरु धेरै समस्या देखा पर्छन् । स्रोत दुध, दही, सागपात, कलेजो, अण्डा आदि ।
भिटामिन सी : मानव शरीरलाई अत्यन्तै आवश्यक पर्ने भिटामिन सीले हाम्रो शरीरमा धेरै काम गरिरहेको हुन्छ । यसले कोषिकाको विकास, हड्डिको विकास, रक्तनसा र छालाको सुन्दरता वढाउन, मुटुको रोगबाट बचाउन, मोतीविन्दु हुनबाट रोक्न, कालेस्ट्रोल सामान्य राख्न, शरीरलाई चाडै थकानबाट बचाउछ । रोग प्रतिरोधात्मक क्षमता वढाउन सहयोग गर्छ । यसको कमी भएमा स्कर्भी, घाउ ढिलो निको हुने, रगत धेरै बग्ने, रक्तअल्पता, पटक पटक रुघामर्की लाग्ने, एलर्जी, गिजाबाट रगत बग्ने, हात खुट्टामा विमिरा, खटिरा आउने जस्ता सम्स्याबाट ग्रसित भइन्छ । स्रोत हरियो सागसब्जी, अमिला फलफुल, स्वाउ, आलु आदि ।
मिनरल  : हाम्रो शरीरलाई चाहिने विभिन्न प्रकारका मिनरल जस्तै क्याल्सियम, क्लोराइड, म्याग्नेसियम, फस्फोरस, सल्फर, सोडियम, पोटासियम, क्रोमियम, कोवाल्ट, कपर, फुलुराइड, आयोडिन, फलाम, जिंक, सेलिनियम आदिले सुक्ष्म रुपमा काम गरिरहेका हुन्छन् । अन्य धरै भिटामिन र मिनरल पनि हाम्रो शरीरलाई आवश्यक पर्छ । (लेखक : दमकस्थित होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.