दमक ,१५ चैत । मोरङको उर्लाबारी नगरपालिका ५ मा मुख्य कार्यालय रहेको शुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दुई जना शेयर सदस्यलाई राहत रकम प्रदान गरेको छ।
संस्थाको कल्याणकारी योजना कार्यक्रम अन्तर्गत झापा र मोरङका दुई जना शेयर सदस्यलाई राहत वापतको ५० हजार रुपियाँ प्रदान गरिएको हो । जसअनुसार गत माघ २१ गते आगोलागीबाट घरबारबिहिन भएकी झापा,कमल ५ सितापुरीकि मनिका राईलाई २० हजार र मोरङ ,मिक्लाजुङ ९ निवासी हालै मिर्गौला प्रत्यारोपण गरेका शेयर सदस्य टेकबहादुर श्रेष्ठलाई ३० हजार प्रदान गरिएको संस्थाले जनाएको छ ।
शुक्रवार संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्रराज पौडेल , लेखा सदस्य सचिन रौनियार ,संस्थाको आर्थिक प्रशासन बिभाग प्रमुख नरेन्द्रबिक्रम शेर्मा ,ऋण अधिकृत शिव खडका लगायतले सदस्यका घरै पुगेर राहत हस्तान्तरण गरेका हुन ।
संस्थाको शेयर सदस्य कल्याणकारी योजना अन्तरगत सहभागी सदस्यले प्राणघातक रोग ,आगोलागी लगायतका विभिन्न नौ किसिममा कम्तीमा ५ हजारदेखि २ लाख ५० हजार सम्म राहत उपलब्ध गराउदै आएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।
संस्थाले चालू आर्थिक बर्षको ८ महीनाको अवधिमा ५३ जनलाई राहत प्रदान गरिएको छ । जसअनुसार २७ जना शेयर सदस्यलाई मृतक बापतको राहत, १० जनालाई शल्यक्रियाको राहत , सन्तान प्राप्ति गर्ने ४ जना ,१ जना दैबी प्रकोप ,प्राणघातक रोग लागेका १ जनाले नियामानुसार राहत सुबिधा पाएका छन् ।
राहत हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले सदस्यलाई थप सुबिधा पुर्याउन संस्था प्रयत्नशील रहेकोे दाबी गरे । सहकारीको मुख्य कार्यालयसहित उर्लावारी, मधुमल्ला , पथरी र झापाको दमकमा सेवा केन्द्र सञ्चालित छन् ।