दमक ,१४ चैत । दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईले दमक वडा नम्बर ४ स्थित जानकी टोलमा निर्माणाधिन सडकको अनुगमन गर्नुका साथैं स्थानीय टोलबासीका समस्याहरुको बारेमा जाानकारी लिएकी छन् । उनले जानकी टोलमा नगरपालिकाको ६ लाख ५१ हजार रुपैयाँमा लागतमा टायल्स लगाएर निर्माण गरिएको सडकको गुणस्तर र स्थानीयहरुको गुनासोबारे जानकारी लिएकी हुन् ।
निर्माण सम्पन्न भईसकेको सडकको स्थलगत निरीक्षण गरी उनले सडकको प्रगति अवस्था र स्थानीयका समस्याहरुबारे सरोकारवालाहरुसँग फिल्डमै अन्तरक्रिया गरिन् । वडा नम्बर ५ र ४ को सिमामा पर्ने उक्त टोल सहित सिरिजङ्घा टोलमा समेत पुगेर स्थानीयको समस्याहरुको बारेमा जानकारी लिएकी थिइन् । आप्mनो घरमै नगर उप प्रमुख आईपुगेपछि स्थानीयले पनि खुलेर आप्mना समस्या सुनाएका छन् ।
जानकी टोलका स्थानीयले टोलमा सडक निर्माण भए पनि अभैm दुई घर पुग्न अधुरै रहेकाले त्यसलाई पूर्णता दिनु पर्ने, शुद्ध खानेपानीको समस्या भएकाले उपलब्ध गराउनु पर्ने, स्थानीय खरखरे खोलामा बर्षामा बाढि आउँदा घर भएको क्षेत्रनै कटान गर्ने जोखिम रहेकाले बाँध निर्माण गरिदिनु पर्ने लगायतका मागहरु राखेका छन् ।
उप प्रमुख भट्टराईले दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासंग समन्वय गरेर तत्काल खानेपानीको ब्यवस्थापन गर्न पहल गर्ने र बाँकी रहेका सडकहरुलाई पनि स्तरनन्ति गर्न पहल गर्ने प्रतिबद्धता जनाइन् ।