बिश्वाशिलो साकोसको स्थापना दिवसमा दन्त शिविर

दमक, १२ चैत । दमक चौंकमा रहेको विश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज १४ औ स्थापना दिवसका अवसर पारेर निशुल्क दन्त शिविरसहित शुभकामना आदानप्रदान आयोजना गरेको छ ।

संस्थाले आफनै कार्यालयमा आयोजना गरिएको निशुल्क दन्त परीक्षणमा १२१ जनाले सुविधा पाएका थिए । आमा डेन्टल दमकको प्राविधिक सहयोगमा भएको दन्त शिविरमा सेवा लिन आएका सेवाग्राहीहरुले थप उपचार गराउदाँ २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको डेन्टलका अर्जुन श्रेष्ठले बताए ।शिविरमा दन्त परीक्षण, स्वास्थ्य परामर्शसहित निस्शुल्क टुथपेस्ट,ब्रस र आवश्यकता अनुसार औषधि समेत वितरण गरिएको थियो।

सोहि अवसरमा संस्थाले स्थापना दिवसमा शुभकामना आदानप्रदान समेत गरिएको सचिव सुमन थुलुङले बताए । उनका अनुसार कार्यक्रममा १४औं स्थापना दिवसमा केक काटेर खुशियाली मनाइएको थियो ।
स्थापना दिवस विशेष कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अशिम राईले यस सहकारी संस्थाले आफना सदस्य केन्द्रीत सेवा,सुविधा पुरयाँउन प्रतिवद्ध भएको बताए । १४औं वर्ष पूरा गरेको अवसरमा सेयर सदस्यहरु, कर्मचारीहरु, कारोबार गर्ने सदस्यहरु, कर्मचारीहरु र संञ्चालक टिमप्रति आभारसहित आगामी दिनमा पनि सवैको साथ र सहयोग प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, विश्वाशिलो साकोसकी उपाध्यक्ष सम्झाना साँवा लिम्बू, सल्लाहकार संयोजक तथा निर्माण व्यवसायी बिक्रम खाम्देन लिम्बू, आमा डेन्टल केयर सेन्ट्ररका सञ्चालक अर्जुनकुमार श्रेष्ठ, व्यवसायी तथा संस्थाका सदस्य युवराज दंगाल, व्यवसायी नारायणप्रसाद खरेल, सञ्चालक सदस्य तथा कर्जा समिति संयोजक अनिमा तामाङ गोले, माया राई, कविता फागो लिम्बू, संस्थाका व्यवस्थापक दिनेश दाहाललगायत शेयर सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.