दमक,१२ चैत । होली पर्व (फागु ) को अवसर पारेर दमकसहित देशैभरि आज विभिन्न कार्यक्रम गरि होली विशेष कार्यक्रम गरि मनाइएका छन् ।धुव्रतारा स्पोर्टिङ क्लवले दमक ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरको प्राङगणमा र हाटखोला ब्रदरले मिसाल वजारमा होली विशेष सांगीतिक कार्यक्रम सम्पन्न गरिएका छन् । यसैगरि, दमक जेसीज, रोटरी क्लव अफ दमक , मैथीली समाज , सुर्यदर्शन शाकोस , कमल- ५ मंगलवारेको सगुन युवा क्लवले उल्लासका साथ होली विशेष कार्यक्रम गरिएका छन् । दमकमा संस्थागत बाहेक सर्वसाधारणहरुले यसवर्ष पनि निकै उल्लासका साथ होली मनाइएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।
रोटरी क्लव अप दमकले अष्ट्रेलियन रोटरीयनहरुको उपस्थितिमा होली मैत्री कार्यक्रम गरि शुभकामना आदानप्रदान गरि मनाईएको क्लवका एसिसटेन्ट गर्भनर सन्दिप चापागाई (दिपु )ले बताए । स्थानीय केविआर होटलमा आयोजना गरिएको होली विशेष कार्यक्रममा महिला ,पुरुष गरि २० जना अष्ट्रेलियन रोटरीयनहरु, दमक रोटरीका पदाधिकारी तथा सदस्यहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा क्लवले पाहुना टोलीका सदस्यहरुलाई नेपाली राष्ट्रिय टोपी प्रदान गर्नुका साथै एकापसमा रंगहरु लगाई दिएर मनोरन्जनपूर्वक होली मनाईएको थियो । होली खेल्नेक्रममा अष्ट्रेलियन रोटरीयनहरुले नेपालमा आएका समयमा यसकिसिमको विशेष पर्वमा रमाउन पाउँदा आफूहरु हर्षित भएको उल्लेख गरे । यो हाम्रा लागि सधै स्मरणीय रहने उनीहरुको भनाई थियो ।
दमकमा भोलि बुधबार रोटरी दमकले आयोजना गरेको निशुल्क आखाँ शिविरमा सहभागि हुन अष्ट्रेलियन रोटरीयनहरुसहित ३९ जना प्राविधिक स्वास्थ्यकर्मीको दमकमा आएको हो ।
दुई दिन अघि दमक आएको सो टोलीलाई हिजो आइतवार नगरपालिकाले स्वागत तथा सम्मान समेत गरेको थियो । नगरपालिकाको कार्यालयमा भएको सो कार्यक्रममा नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यसैगरि, कमल ५ मंगलवारेमा रहेको सगुन युवा क्लवले अघिल्ला वर्षझै यसवर्ष पनि होली विशेष कार्यक्रम गरिएको सचिव रोशन दाहालले बताए । क्लवका अध्यक्ष देवेन्द्र राज आङदेम्बेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागिहरुले होली विशेष गीत,नृत्य प्रस्तुत गरेका थिए । स्थानीय दुर्गा मन्दिरमा भएको होली विशेष कार्यक्रममा स्थानीय युवायुवतीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।
पथरी जेसीजद्वारा होली मिलन कार्यक्रम
मोरङको पथरी शनिश्चरे १ को लोकतान्त्रिक चोकमा पथरी जेसीजले होली मिलन सांगीतिक कार्यक्रमको आयोजना गरेको छ।आज सोमबार पथरीशनिश्चरे वडा नं.४ को जनकल्याण आधारभुत विद्यालयका विपन्न तथा गरिव छात्र छात्राहरुको लागि आर्थिक सहायता पुर्याउन अक्षय कोष स्थापनार्थ कार्यक्रम आयोजना भएको हो।
कार्यक्रमका अतिथिहरु लाई स्वागत गर्दै हालसाल पथरी जेसीजले टि सर्ट बिक्री गरीरहेको र बिक्री कार्य सकिएपछि संकलित रकमलाई केहि दिनमै उक्त विद्यालयमा अक्षय कोष स्थापना गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पूजा थापाले उल्लेख गरिन् । सोहि क्रममा पथरी जेसीज अध्यक्ष राजकुमार विश्वकर्माले त्यहाँ अध्यनरत अति विपन्न वर्गका बालबालिकाहरूको शिक्षाको लागि खर्च गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमहरुको आयोजना गरिएकोबताए ।
पथरी शनिश्चरे वडा नम्वर १ का वडा अध्यक्ष भीम कुमार राईद्वारा उद्घाटित सो कार्यक्रममा राष्ट्रिय स्तरका लोकप्रियता कमाएका स्थानीय चर्चित गायक गायिका तथा कलाकारहरुले आ आफ्ना बेजोड प्रस्तुतिहरू दिएका थिए। उक्त अवसरमा नवपुस्ताका लोकप्रिय गायक नन्दु गुरूङले आफनाआधा दर्जन गीतहरू गाउँदै माया बटुलेका थिए भने स्थानीय गायिका संगिता गहतराजले समेत गीत गाएर स्रोताहरूलाई मनोरञ्जन दिएकी थिईन्। सोहि क्रममा चर्चित नृत्यकार रिबिता राई, स्थानीय गायक कुमार राई , राज लोहार ,सुमन राई ,गायिका रोशनी गुरुङ तथा अन्य नवप्रतिभाले समेत स्टेजमा आ आफ्ना बेजोड प्रस्तुति दिएका थिए। कार्यक्रममा विभिन्न रंगहरू प्रयोग गरी उल्लासमय वातावरणमा दर्शक र श्रोताहरू छमछमी झुमेका थिए। पथरीशनिश्चरे १ को सुजना डान्स सेन्टर र वडा नम्वर २ को पथरी डान्स सेन्टरका कलाकारहरूले समेत सुन्दर नृत्यहरू प्रस्तुत गरेका थिए।
सोहि अवसरमा पथरीशनिश्चरे २ की समाजसेवी वर्षा कंसाकारलाई पथरी जेसीजले बिक्री गरिरहेको टिसर्ट बेचेर अक्षयकोष स्थापना गर्ने कार्यमा विशेष सहयोग पुर्याएको भन्दै कदरस्वरूप सम्मान गरिएको थियो।