सिलौटीमा शालिक राख्ने कार्य रोक्न सरोकारवालाहरुको माग

दमक,१० चैत । किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा किरात धर्म गुरु आत्मानन्द लिङदेनको समूहले अनाधिकृत रुपले अतिक्रमण गरेको घटना प्रति आपत्ति जनाएको छ ।
संघले शनिवार दमकमा पत्रकार सम्मेलन गरि किरात धर्म गुरु आत्मानन्द लिङदेनको समूहले विना समन्वय एकतर्फी ढंगले समाधिस्थल उत्खनन गरि महागुरुको शालिक राख्ने कार्य गरेकोमा आपत्ति जनाएको हो । यसअघि पटक पटक विवाद भई पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बनेको समितिको निर्णयलाई कदर गर्न उच्च अदालतले समेत परमादेश जारी गरेको अवस्थामा पनि त्यहाँ सहमति विपरित निर्माण कार्य गर्दै आएकोमा गंभीर ध्यानाकर्षण भएको उल्लेख छ ।

किरात धर्मावलम्बीहरुको आस्थाको धरोहरका रुपमा रहेको सिलौटी किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थल हो । सिलौटी बर्षोदेखि किरात धर्म संरक्षण समिति अन्तर्गतको साङसेन हाङसम माङहिम सिलौटी पाँचथरले संरक्षण र व्यवस्थापन गरिआएको छ ।इलामको चुलाचुलीमा केन्द्रीय कार्यालय रहेको सो संघले गत पुस २५ गते गुरु आत्मानन्दको निर्देशनमा महागुरुको शालिक राख्ने कार्य अघि बढाएकाले यसले त्यहाँको धार्मिकस्थलको पर्यावरणीय अतिक्रमण गरिआएको र त्यसबाट आम किरात धर्मावलम्बीहरुको आस्थामाथि चोट पुरयाँएको जारी विज्ञप्तिमा उल्लेख छ । हामीले वर्षोदेखि महागुरुको समाधिस्थलको विकासमा लागेकोमा विना समन्वय गुरु आत्मानन्दमार्फत जर्वजस्ती ढंगले पुनः शालिक राख्ने कार्य दोहोरिनु चिन्ताको विषय भएको संघका अध्यक्ष ज्ञानोदय लावतीले बताए ।
सिलौटीमा शालिक राख्ने विषयमा दुई समूहबीच द्धन्द मात्र नभएर त्यस कार्य विरुद्ध जिल्ला प्रशासन कार्यालय हुदै अदालतसम्म उजुरी पुगेको थियो । सिलौटी धार्मिक स्थलको संरक्षणमा अगुवाई गरिआएका सो क्षेत्रका पूर्व वडाअध्यक्ष समेत रहेका साङसेन हाङसम माङहिम सिलौटीका प्रतिनिधि बहादुरसिंह नेम्बाङले अदालतबाट आएको आदेश र जिल्ला प्रशासन र सरोकारवालाबीच भएको सहमतिलाई समेत कार्यान्वयन नहुँदा महागुरुको ऐतिहासिक महत्व राख्ने समाधीस्थल अतिक्रमणमा परेको बताए । उनले भने, –‘ जर्वजस्त ढंगले शालिक राख्ने कार्य गरिदाँ त्यस क्षेत्रका किरात धर्मावलम्बीहरु क्रसित हुनु परेको छ, यसमा प्रंशासन गंभीर हुनुपर्छ ।’
नेम्बाङका अनुसार आत्मानन्द गुरु र यस संघबीच केही भिन्नताका कारण पनि सो कुरा बुझाबुझ नहुदाँ यो विषय चर्किएर गएको हो ।पत्रकार सम्मेलनमा झापाका किरात धर्मालम्बी कैदी मावोले महागुरुको शालिक रहेको स्थलमा किरात धर्मगुरु आत्मानन्द समूहबाट भएको हस्तक्षेपकारी कदम तत्काल रोकि सहमति अनुसार अघि बढ्नु पर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.