कमलका तीन वटा वडामा माओवादीको नयाँ नेतृत्व

दमक ,९ चैत । नेकपा(माओवादी केन्द्र)कमल गाउँ कमिटी अन्तर्गत वडा न.३,४ र ७ को आज एकै दिन सम्पन्न दोश्रो वडा सम्मेलनले नयाँ वडा कमिटी चयन गरेको छ ।
माओवादी केन्द्र कमलका कार्यबाहक सचिब लक्ष्मीप्रसाद खतिवडाका अनुसार कमल ३ को अध्यक्षमा अमृता लामा लिम्बू ,उपाध्यक्षत्रयमा टेक बहादुर पौडेल,रामचन्द्र बोहरा ,निरुता आले मगर , सचिबमा सुकराज लिम्बू ,सहसचिवद्धयमा विष्णु लिम्बू (रुपा) , उमाकान्त निरौला र कोषाध्यक्षमा सुनिता राई रहने गरि २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

यसैगरि, वडा न.४ को पार्टी अध्यक्षमा विद्यापति तिमिल्सिना,उपाध्यक्षद्धयमा शम्भु राई, दिल कुमारी राई ,सचिबमा बिक्रम लिम्बू,सहसचिवमा माधव आचार्य र कोषाध्यक्षमा पबित्रा बराईली चुनिएका छन् ।

यसैगरि, चन्द्र भण्डारीको अध्यक्षतामा २१ सदस्यीय कमल ७ वडा कमिटी चयन गरेको छ । वडा कमिटीको उपाध्यक्षमा दल वहादुर लोकान्द्री, सचिबमा मिलन राई,सह–सचिबमा मिलन दाहाल र कोषाध्यक्षमा निर्मला राई लगायत २१ सदस्यीय वडा कमिटी चयन गरिएको पार्टी कमल अध्यक्ष रविन गुरुङले बताए ।
सात वडामा सम्मेलन सम्पन्न भएपछि यहि चैत १६ गते गाउँ सम्मेलन तयारी गरिएको पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.