माओवादी केन्द्र शिवसताक्षीको अध्यक्षमा नेम्बाङ

झिलझिले,९ चैत । नेकपा माओबादी केन्द्र शिवसताक्षीको अध्यक्षमा दुर्गा नेम्बाङ चयन भएका छन् । पार्टीको दुधेमा आज सम्पन्न दोश्रो नगर अधिबेशनले युवा नेता नेम्बाङ अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी चयन गरिएको हो । यसअघि नेता नेम्बाङ पार्टीको झापा जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा थिए ।

निर्वाचित कमिटीको तीन जना उपाध्यक्षमा राजु दर्नाल,कचाली ताजपुरिया ,भुवन राई , सचिवमा धनकुमार ढकाल, सहसचिवद्धयमा भुवन सेन्दाङ र देबिका खनाल तथा कोषाध्यक्षमा हेमबहादुर कार्की(सुमन)चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यसैगरी उक्त अधिबेशनले ४५ जनाको नगर सदस्य समेत चयन गरेको छ ।

माओवादी केन्द्रका नेता तथा कोशी प्रदेश सहइन्चार्ज अजम्बर काङबाङ राईको प्रमुख आतिथ्यतामा आयोजित नगर सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री झलकसिंह दर्लामी, केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रञ्जित तामाङ, कल्पना कार्की, रामबहादुर राई, जीतेन्द्रराज चेम्जोङ, प्रेम मेन्याङबो, ज्ञानेन्द्र तिम्सिनालगायतका नेताहरुको उपस्थिति थियो । सम्मेलन पार्टी नगर कमिटीका अध्यक्ष महेन्द्र भटटराईको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published.