श्रष्टा नेपालको ‘विद्यार्थी जीवन’ कृतिको लोकार्पण

दमक ,८ चैत । लेखक तथा साहित्यकार रामकुमार उपाध्याय नेपालको खोज तथा अनुसन्धानमूलक कृति ‘विद्यार्थी जीवन’ को आज दमकमा लोकापर्ण गरिएको छ ।दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा एक विशेष समारोहका बीच नेपालको तेश्रो कृतिका रुपमा सो कृति लोकार्पण गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कृतिको प्रा.डा. देवी नेपाल, प्रा.डा. अन्जना भट्टराई, डा. व्यञ्जना शर्मा, साहित्यकार खेमलाल पोखरेल, कवि विन्दु दाहाल मूकदर्शक, लेखककी श्रीमती गोमा नेपालले सामूहिक रूपमा लोकापर्ण गरे ।

कृति लोकापर्ण समारोहमा सहभागिहरुले लोकापर्ण गरिएको कृतिले समाज, शिक्षा, अध्यात्म, दर्शन र विज्ञानजस्ता विविध पक्षलाई समेटेको र यो सबैका लागि पठनीय भएको जोड दिए ।
कार्यक्रममा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराई,प्रा.डा. देवी नेपाल, डा. व्यञ्जना शर्माले कृति केवल विद्यार्थीका लागि मात्र नभइ, शिक्षक र अभिभावकका लागि पनि उतिकै उपयोगी र पठनयोग्य रहेको औल्याए ।

कृति माथि समिक्षकका रुपमा कवि विन्दु दाहाल मूकदर्शकले विद्यार्थीहरुलाई कर्मशील, इमान्दार, अनुशासित र कर्तव्यपरायण बन्न सिकाउने बताए।यसअघि कृतिकार रामकुमार उपाध्याय नेपालको ‘डन्ट डिभोर्स’ र ‘मेरो खोज तपाईको सफलता’ प्रकाशित भइसकेका छन् भने थप ११ कृतिका पाण्डुलिपी तयारी अवस्थामा रहेका छन्।
कार्यक्रममा साहित्यकार खेमलाल पोखरेलले शुभकामना मन्तव्य राखेका थिए भने कवि तथा गजलकार विवश बलिभद्र कोइरालाले कविता वाचन गरेका थिए । कृतिकारका बुवा चन्द्रमणि नेपालको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन कवि धनकुटे कान्छाले गरेका थिए।

Leave a Reply

Your email address will not be published.