दमक,८ चैत । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमकमा दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा दमक- ५ बस्ने ४४ वर्षीय यादव राई र वडा नं.८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेका छन् । विहिबार दिउँसो १२ः३० बजेको समयमा दमक -५ स्थित कामक्षा होटलनजिक रहेको राईको घरकोठामा लागूऔषध बिक्री वितरण हँुदैछ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले घरकोठामा चेकजाँच गर्दा द्धय कारोबारी पक्राउ परेका हुन् ।
त्यसक्रममा उनीहरुको साथबाट ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैजनालाई लागूऔषध र नगदसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहीको लागि इप्रका दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।