खन्ती प्रहारबाट साथीको हत्या

भद्रपुर,८ चैत । छिमेकीको खन्ती प्रहारबाट झापाको भद्रपुर- २ मा एक युवकको मृत्यु भएको छ ।आफ्नो घरमा सुत्न आएका साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्कर बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईलाई छिमकी ३० वर्षीय कमानसिंह राईले पुरानो रिसिवीका कारण फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गंगाको घट्नास्थलमा नै मृत्यु भएको हो ।
बुधबारराति ९ बजेको समयमा सनम भन्ने गंगा राई सोही ठाउँ बस्ने विरबहादुर राईको घरमा आई सुतेकोमा विहिबार बिहान ५ बजेको समयमा विरबहादुरका छोरा कमानसिंहले सुतिरहेको अवस्थामा खन्ती प्रहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट टोली खटिगई कमानसिंहलाई खन्तीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी ढुण्डीराज गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.