स्ववियू निर्वाचन : दमकमा नेविसंघ निकट स्वतन्त्र उम्मेदवार बस्नेत अध्यक्षमा निर्वाचित

दमक, ६ चैत । जिल्लाकै ठुलो दमक बहुमुखी क्याम्पसको स्ववियू अध्यक्षमा नेपाल विद्यार्थी संघ निकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् ।
गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आएका बस्नेतले निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियूका निशम अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतले ६६८ ल्याएर निर्वाचित हुदाँ प्रतिष्पर्धी अधिकारीले ६२४ मत प्राप्त गरे ।

नेविसंघका आधिकारिक अध्यक्षका उम्मेदवार सायन साम्पाङले मात्र ३३४ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो ।

स्वतन्त्र समूहकी रश्मी उप्रेती ( १२८ ) , स्वतन्त्र उम्मेद्वारहरु दीपक लिम्बू (६७), पर्वत बस्नेत (५५), अखिल क्रान्तिकारीकी पेमा डोल्मा तामाङ (१४ ) र अखिल समाजवादीकी प्रविणा भट्टराई (८ ) ल्याएका छन् ।

त्यस्तै सचिवमा अनेरास्ववियूका राकेश खड्का ८१२ मतसहित निर्वाचित भएका छन् । सोही पदका उम्मेद्वार राप्रविसंका राजेश थापा (सन्देश ) ले ७०६ र समाजवादी विद्यार्थी युनियनका प्रकाश लिम्बूले ३८६ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियूकी प्रिति मगर ९९७ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धीहरु अखिल क्रान्तिकारीका प्रविन जोगी( सेल्टा ) ले ७५८ र स्वतन्त्र समूहकी सपना कन्दङ्वाले ११३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सदस्यतर्फ अनेरास्ववियूका एन्जिना राई (१०१४ ) ,प्रासना राई (८३९) , राप्रविसंकी स्मारिका श्रेष्ठ (६७८) , अखिल क्रान्तिकारीकी दुर्गा पौडल (सोल्टिनी ) ६६९ , अनेरास्ववियूका युनेश न्यौपाने ६६५ , अनेरास्ववियूकै प्रितम पौडेल ६५२ , अखिल क्रान्तिकारीका प्रशान्त ताजपुरिया (राइडर ) ६३३  र अनेरास्ववियूकी आरती बास्कोटा ६३१ मतसहित निर्वाचित भएका छन् ।

यस्तै, समानुपातिकतर्फ अनेरास्ववियूले (६०४) ,नेविसंघले (४६१ ) , अखिल क्रान्तिकारीले १९३, राप्रविसंगठनले २२९,समाजवादी विद्यार्थी युनियनले १२५ , हामी स्वतन्त्र छौं समूहले १५८ ,संघीय विद्यार्थी युनियनले ४० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
३७०३ मत रहेको यस क्याम्पसको स्ववियू निर्वाचनमा १९५६ मत खसेको थियो । खसेको मत मध्ये १३ मत बदर भएको थियो । यसअघि पनि स्ववियूको नेतृत्व नेविसंघले गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.