दमक,६ चैत । झापाको कमल गाउँपालिका- ७ लकान्द्री टोलका मिगौला रोगी तुलाराम विश्वकमौले जीवन बचाईदिन सवैसंग सहयोगको याचना गरेका छन् ।तीन वर्षदेखि दुवै मिगौलाले काम गर्न छाडेपछि हाल साताको दुई पटक डाइलोसिस गरिआएका ५२ बर्षिय विश्वकर्माले थप उपचारका लागि मनकारीहरुसंग सहयोगको याचना गरेका हुन् ।
मिगौलाको उपचारमा हालसम्म बीस लाख बढी खर्च भईसकेका र नियमित डाइलोसिस गर्न समेत आफूसंग जायजेथा समेत नभएकाले सहयोगका लागि हारगुहार गर्ने अवस्थामा पुगेको विरामी तुलारामले सुनाए ।
विककी श्रीमती चेतकुमारीले विराटनगरको नोवेल शिक्षण अस्पतालमा डाइलोसिस गरिआएका उनलाई चिकित्सकले मिगौला प्रत्यारोपणको सल्लाह दिएपनि चाहिने रकम नहुदाँ आफूहरु समस्यामा परेको दुखेसो गरिन् । गाउँले,आफन्तले थोरबहुत सहयोग गरेपनि त्यतिका रकमले उपचार धान्न नसक्ने भएकाले स्वदेश तथा विदेशमा बस्दैआएका मनकारीहरुबाट सहयोग पुरयाँइदिन चेतकुमारीले अनुरोध गरिन् ।
उनका अनुसार विरामीको उपचारमा सहयोग पुरयाँउन इच्छा भए तुलाराम विकको कामना विकास बैंकको बचत खाता ०९९१४१००३९०१६९०००००१ मा जम्मा गर्न तथा मोवाइल नम्बर ९८०७९५०१३५ मा समेत सम्पर्क गर्न सकिने उल्लेख गरेका छन् ।