गौरादह ,३ चैत । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र न. ५ को अध्यक्षमा जितु धिमाल चुनिएका छन् ।गौरादहस्थित विपी स्मृति भवनमा आज आयोजित महासंघको प्रथम क्षेत्रीय अधिबेशनले दमक -२ निवासी युवा नेता धिमालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।
सर्वसम्मत निर्वाचित समितिको सचिवमा आशिष लिम्बू, डिल्ली श्रेष्ठ,सहसचिवमा सरिता तामाङ र कोषाध्यक्षमा चुडामणि मगर चुनिएका छन् । यसैगरि,सदस्यहरुमा कमल राई, पदमबहादुर श्रेष्ठ, बिमला राई चापागाईं, दुर्गाकुमार श्रेष्ठ चुनिएका छन् भने महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ चन्द्रसिंह राई, पदम लिम्बू ,निरुता तामाङ देवान, ईमानसिङ तामाङ र महिला तर्फ लक्ष्मी लिम्बू र नौतली राजबशी चुनिएका छन् ।