पथरीशनिश्चरे ४ का २५० भूमिहीनलाई यसै महिनाभित्र लालपूर्जा

पथरी शनिश्चरे, ३ चैत्र । मोरङको पथरीशनिश्चरे ४ का २ सय ५० भूमिहीनले यसै महिनाभित्र लालपूर्जा पाउने भएका छन्।पथरी शनिश्चरे नगरमै पहिलो पटक यति ठुलो संख्याका भुमिहीनहरूले यसै महिनाभित्र लालपूर्जा पाउन लागेका हुन्।
वर्षौंदेखि जोतभोग गर्दै आएको सय बिगाहा बढि जमिनको नयाँ नक्सांकन अव्यवस्थित बसोवास, सुकुम्बासी तथा भूमिहीनका लागि गठित राष्ट्रिय भूमि आयोग मोरङले गरिसकेको छ। गएको शुक्रबार अन्तिम हकदावी सम्बन्धी ७ दिने सार्वजनिक सूचना पनि प्रकाशित भैसकेको छ। उक्त ७ दिने सूचनाको म्याद सकिएपछि उनीहरूको नाममा पूर्जा निर्माण प्रक्रियामा अघि बढ्ने र लालपुर्जा वितरण गरिने पथरी शनिश्चरे वडा नम्वर ०४ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले बताए । पछिल्लो समयमा उनीहरूलाई पूर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोग मोरङका अध्यक्ष सुशिला घिमिरेसहितका पदाधिकारीहरू तथा कर्मचारीहरूले तिब्रताका साथ काम गरिरहेको जनाईएको छ।

Leave a Reply

Your email address will not be published.