दमक, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दमक वडा नं ४ को नयाँ नेतृत्व चयन भएको छ ।पार्टीको आज सम्पन्न दोश्रो वडा सम्मेलनले मानबहादुर श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन गरेको हो । सर्वसम्मत निर्वाचित कमिटीको उपाध्यक्षमा बिष्णुमाया धिमाल , सचिवमा डिकबहादुर कार्की , सहसचिवमा पर्शुराम सुवेदी
र कोषाध्यक्षमा तारा पोखरेल चुनिएका छन् । यसैगरि , सदस्यहरूमा हेमराज गौतम , रमा तामाङ, रामप्रसाद चापागाईं,शान्तिकला बराल , शेरबहादुर खड्का ,रोहित आचार्य , धन बहादुर धिमाल, बिनोद गोले तामाङ र कृष्ण राई चुनिएको पार्टीका युवा नेता असिम राईले बताए ।