दमक,२९ फागुन । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले कमल -६ मा सोमबार विहान भएको आगलागीका पीडित एक परिवारलाई राहत प्रदान गरेको छ ।शान्तिपुर निवासी रामकुमारी राईको घरमा विहान विद्युत सर्ट भई आगलागी हुदाँ काठको घरसहित सम्पूर्ण समान जलेर नष्ट भएको थियो । आगलागीबाट ८ लाख बढीको क्षति भएको पीडित राईको भनाई छ ।
कमल -६ का वडाअध्यक्ष नरेन्द्र भट्टराईको आतिथ्यता तथा रेडक्रसका उपशाखा सभापति चन्द्र साह, सचिव पारषमणि राई,उपसचिव विष्णु सुब्बा, कोषाध्यक्ष प्रमोद दाहाल,सहकोषाध्यक्ष सन्तोष राई, सदस्यहरु बिमला भट्टराई , तुलसी तिवारी ,सिताराम बाँस्तोलालगायतको उपस्थितिमा एक सेट राहत सामाग्री प्रदान गरिएको हो । राहत सेटमा एक थान त्रिपल, व्लाङकेट,लत्ताकपडा, भाडावर्तन लगायत रहेका छन् ।