दमक,३० फागुन । दमक–८ स्थित शिखर ज्योति अंग्रेजी बोर्डिङ स्कूलले मंगलवार विभिन्न कार्यक्रम गरि आफनो १५ औं वार्षिक अभिभावक दिवस मनाएको छ ।स्कूलमा आयोजित अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न गीत ,नृत्य लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए भने अभिभावकहरुवीच मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम समेत आयोजना गरि मनाईएको प्रिन्सीपल राज बेघा लिम्बूले बताए । स्कूलका संस्थापक मनकुमारी पन्धाक बेघाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईं प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुदैआएको यस स्कूलले यो वर्षदेखि अभिभावक दिवसमा भिसी मेमोरियल नगरस्तरिय भलिवल प्रतियोगिता समेत सञ्चालन गरिएको थियो । भिसी पदक विजेता स्व रामबहादुर बेघा स्कूलका संरक्षक समेत हुन् । उनै संरक्षकको सम्झनामा स्व–अनेरी क्याप्टेन जिसिओ राम बहादुर बेघा लिम्बू भिसी÷ एमभिओ प्रतिष्ठानसंगको सहकार्यमा भिसी मिमोरियल भलिवल कप वार्षिक रूपमा आयोजना गरिने स्कूलकी सञ्चालक मकुमारी पन्दाकले बताईन् ।
सो प्रतियोगिताका विजयी खेलाडी विद्यार्थीहरुलाई प्रतिष्ठानकी संस्थापक संरक्षक भिसी बेघाकी धर्मपत्नी पुनीमाया चाम्लिङ् बेघा ,प्रतिष्ठानकी सदस्य रेश्मा लिम्बू येक्तेन लगायतले नगद तथा ट्रफी प्रदान गरेकी थिइन् ।