पाथीभरा शिक्षालयको स्थापना दिवसमा विभिन्न कार्यक्रम

दमक ,२९ फागुन । झापाको कमल गाउँपालिका -५ स्थित शसस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयको २० औ स्थापना दिवसका अवसरमा सोमबार विभिन्न कार्यक्रम गरि मनाएको छ ।
शिक्षालय परिषरमा आयोजित कार्यक्रममा उत्कृष्ठ प्रहरी सम्मान तथा सांस्कृतिक कार्यक्रम गरि स्थापना दिवस मनाईएको हो ।शसस्त्र प्रहरी बल बराहबाहिनी मुख्यालय सुनसरीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको स्थापना दिवसमा शिक्षालयमा कार्यरत रहि उत्कृष्ठ कार्य गर्ने विभिन्न क्षेत्रका एक दर्जन शसस्त्र प्रहरीलाई पुरस्कृत गर्नुका साथै शसस्त्र प्रहरीका नृत्य टोलीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि मनोरञ्जन दिलाएका थिए ।
त्यसैगरि शसस्त्र प्रहरीको कार्यक्षेत्र सबैभन्दा उत्कृष्ठ कार्य गरेवापत माघ महिनाको ‘सोल्डर अफ द मन्थ’बाट शसस्त्र प्रहरी हवल्दार सुन्दर राईलाई सम्मान गरिएको थियो । उनलाई बाहिनीपति पोख्रेलले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रम अघि बाहिनीपति पोख्रेलले शसस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठसहित अन्य शहीदहरुप्रति माल्यापर्ण गरेका थिए । कार्यक्रममा शिक्षालयका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले स्वागतसहित शिक्षालयका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा शसस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.