सञ्जीवको म्यूजिक भिडियो आउदै

बेलबारी ,२६ फागुन । गायक सञ्जीव धिमालको गायन रहेको ‘त्यो मन भित्र लुकाएका ’बोलको गीतको छायाङ्कन कार्य सकिएको छ ।
छायाङ्कन बेलबारीस्थित ड्रिमल्याण्ड फन पार्क र रिभर साईड सुन्दरहरैचास्थित सुकुना बहुमुखी क्याम्पस, ईटहरीस्थित कृष्ण मन्दिर परिसरमा छायाङ्कन गरिएको हो । म्युजिक भिडियोमा नारायण एकल, अनु चौलागाई र सरु क्षेत्रीले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई उपेन्द्र कुमार दुमी राईले निर्देशन गरेका छन् । त्यस्तै नारायण एकलको शब्द रहेको गीतमा गायक धिमालले संगीत गरेका छन् भने लक्ष्मी घिमिरे कार्कीले निर्माण गरेका हुन् । म्युजिक भिडियो नयाँ बर्षमा सार्वजनिक गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.