
कन्काई ,२६ फागुन । एम्बुलेन्सको ठक्करबाट झापाको कन्काई –९ घैलाडुब्बामा एक जनाको मृत्यु भएको छ । बुधबार साँझ करिब ७ बजे राजगढ –लक्ष्मीपुर सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे१च ५२५ नम्बरको नेपाल रेडक्रस सोसाइटी उपशाखा घैलाडुब्बाको एम्बुलेन्सले ठक्कर दिदाँ अन्दाजी ३५ बर्षिय उमेश थापाको मृत्यु भएको हो । ट्राफिक प्रहरीका अनुसार ठक्करबाट गम्भिर घाईते उनलाई सोही एम्बुलेन्समा उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुरयाउनासाथ चिकित्सकहरुले मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न एम्बुलेन्स चालक बाह्रदशी –७ का ४२ बर्षिय अम्बरराज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।