कर्णाली शाकोसद्धारा सदस्यलाई उपचार खर्च हस्तान्तरण

दमक ,२१ फागुन । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च बापतको ५० हजार रुपैयाँ भन्दा बढी सहयोग उपलब्ध गराएको छ ।
दमक -४ निवासी सहकारीका सदस्य भिमकुमारी राईलाई उपचार खर्च बापत ५४ हजार ३ सय रुपैयाँ उपलब्ध गराईएको कर्णाली सहकारी दमक सेवा केन्द्रका व्यवस्थापक मित्रबहादुर बस्नेतले जानकारी दिए ।
सञ्चालक समिति कोषाध्यक्ष एकराज विष्ट नेतृत्वको एक टोली आइतवार राईको घरमै पुगेर उपचार खर्च बापतको उक्त रकम हस्तान्तरण गरेको हो । कर्णाली सहकारी दमक सेवा केन्द्र व्यवस्थापन समिति सदस्य गिरिराज भट्टराई, सहकारीका बरिष्ठ प्रबन्धक चिदानन्द सुवेदी र मनहरी निरौला, प्रबन्धक सन्तोष कुमार श्रेष्ठ सहित कर्मचारीहरुको टोलीले राई परिवारलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । राईको एपेण्डीक्सको अप्रेसन गरेको र उनका छोरा विल्ल लिम्बू दुर्घटनामा परि घाईते भएका थिए । सहकारीको बिषेस उपचार कोषमा आबद्ध सदस्यलाई उपचार खर्च रकम उपलब्ध गराउने संस्थाको नियम अनुसार उक्त रकम हस्तान्तरण गरिएको व्यवस्थापक बस्नेतले बताए ।
यसअघि करिब १ महिना अघि मात्रै भिमकुमारीका श्रीमानको निधन भएकोमा ४० हजार रुपैयाँ किरिया खर्च रकम पनि उपलब्ध गराईएको दमक सेवाकेन्द्रका व्यवस्थापक बस्नेतले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.