नेविसंघ मोरङ जिल्ला उपसभापतिमा आचार्य मनोनित

मोरङ,१६ फागुन । नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको उपसभापतिमा प्रखर बिद्यार्थी नेता पोषण जङ्ग आचार्य मनोनित भएका छन्।बिराटनगरस्थित नेबिसंघमा आवद्ध बिद्यार्थीहरुको भेलाले आचार्यलाई उपसभापतिमा उपसभापतिमा चयन गरेको हो ।
उर्लाबारी बहुमुखी क्याम्पसबाट बिद्यार्थी राजनीति जीवन सुरु गरेका आचार्य नयाँ पुस्ताका मार्गदर्शक मानिन्छन् । उनका प्रेरणाले थुप्रै विद्यार्थी नेबिसंघमा आबद्ध भएका छन् ।बिपन्न बिद्यार्थीलाई छात्रवृत्ति होस या सरसहयोग उनको भूमिका अग्रणी रहने गरेको छ ।
यसैवीच नेपाल तरुण दल नेता बिक्रान्त योन्जन तामाङले उपसभापतिमा मनोनित अचार्यलाई पार्टी हितका निम्ति योगदान पुग्ने शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published.