रेडस्टार माविको अभिभावक दिवस तथा वार्षिकोत्सव

पथरी , १४ फागुन । मोरङको पथरीशनिश्चरे -२ मा स्थापित रेडस्टार आवासीय माध्यमिक बिद्यालयले विभिन्न कार्यक्रम गरि २८औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ।आईतबार विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाको सभाध्यक्षता तथा पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो।
प्रमुख आतिथि शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेले राज्यको शैक्षिक मापदण्ड अनुसार नै शैक्षिक क्रियाकलापहरूको गरिरहेको पाइएकाले संस्थागत विद्यालयहरूमाझ आफुलाई रेडस्टार मावि अब्बल दर्जा हासिल गर्न सफल भएको उल्लेख गरे
सोहि क्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले विद्यालयले वर्षभरि संचालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरूको सम्बन्धी कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा विद्यालयका आईएसए कोओडिनेटर तथा संस्थापक राजु तिमिल्सिना, नेपाल शिक्षक महासंघका अध्यक्ष तथा पञ्चायत नमुना माविका प्राचार्य अर्जुन कुमार बुढाथोकी,भाईस प्रिन्सिपल बसन्त मादेन, विद्यालय ब्यवस्थापन समितिका सदस्य विजय डाँगी, किराँत एकेडेमीका प्रिन्सिपल सुजन बास्तोला, पथरी उद्योग वाणिज्य सङ्घका महासचिव अशोक साम्पाङ राई, लर्ड बुद्ध साकोसका अध्यक्ष धनराज राई (आमिर ), भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ , लावण्य इन्टरनेसनलका प्रतिनिधि लगायतका अतिथिहरूको उपस्थिति थियो।
वार्षिकोत्सवको पहिलो दिन पिजीदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले गायन , नृत्य , नाटक, जस्ता विभिन्न विधाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सोहि क्रममा विभिन्न शैक्षिक तथा खेलकूद प्रतियोगिताहरुमा विजयी छात्र छात्राहरुलाई समेत पुरस्कृत गरिएको थियो। आज बिहान कक्षा ११ र १२ का छात्र छात्राहरुका लागि ईलाका प्रहरी कार्यालय पथरीको समन्वयमा लागुऔषध दुर्व्यसनी न्यूनीकरण तथा अनुसन्धान सम्वन्धी कार्यक्रम संचालन गरिएको थियो। ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले प्रहरीले झुठ बोलेको कसरी थाहा पाउँछ र लागू औषध दुर्व्यसनी सम्बन्धी सचेतनामूलक सहजीकरण गररेका थिए । विद्यालयले आज सोमबार पनि कक्षा ५ देखि माथिका लागि विद्यालयले गरेका शैक्षिक गतिबिधिहरुमा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरि सम्पन्न गरिने कार्यक्रम रहेको प्रिन्सिपल टिएन तिम्सिनाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.