बिर्तामोड,१३ फागुन । प्रेस सेन्टर नेपाल झापाको अध्यक्षमा राजु पाठक चयन भएका छन् । शनिवार कनकाई नगरपालिकास्थित सुकेडाँगी सामुदायिक बनको सभाहलमा भएको नवौँ जिल्ला अधिवेशनले पाठकको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन भएको हो ।
सर्वसम्मत निर्वाचित कमिटीको उपाध्यक्षमा सन्तोष शर्मा, होमप्रकाश अधिकारी र शर्मिला पुरी , सचिवमा पुष्प खड्का, सह–सचिवमा सुमित भण्डारी र विरेन्द्र सुब्वा र कोषाध्यक्षमा केशव चापागाई चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा टिकाराम बास्तोला, दर्पण शर्मा, प्रेमबहादुर तामाङ, रतन बुढाथोकी, बालदिवस तामाङ, पर्वत तामाङ र भोला तिम्सिना चुनिएका छन् ।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की (पार्थ०)को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतम, संगठनका प्रदेश १ अध्यक्ष विनोद घिमिरे, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संगठनका पूर्व अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनकी केन्द्रिय सचिव रेजिना गौतम, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठन झापा उपाध्यक्ष दिलिप थापा, आदिबासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भुमिका सुब्वा, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैवीच नवनिर्वाचित अध्यक्ष पाठकले संगठनलाई पेशागत मर्यादाभित्र रहेर सुदृढ बनाउँदै लैजाने, डी कौडिण्य पत्रकारिता पुरस्कारका लागि कोष स्थापना गर्ने र प्रेस सेन्टरका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमको आयोजना गर्ने प्रतिबद्धता जनाएका थिए ।