बिष्णुकठ्ठामा आखाँ शिविर,४५० जना लाभान्दित

कमल,१२ फागुन । झापाको कमल गाउँपालिका- ७ बिष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा आज शुक्रवार आयोजना गरिएको आँखा शिविरमा ४५० जना लाभान्दित भएका छन् ।
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा र सिंहदेबी आधारभूत बिद्यालयको आयोजना तथा मेची नेत्रालय दमकको प्राबिधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविरमा विद्यार्थी,शिक्षक, अभिभावक गरि ४५० जनाले सेवा लिएका हुन् ।
त्यस्तै, शिविरमा १०० जनालाई हेल्पिड॰ हेण्डसले रिडिङ्ग चश्मा बितरण गरेको थियो भने १२ जना मोतिया बिन्दु र २ जना जल बिन्दुको बिरामी देखापरेको रेडक्रस कमल उपशाखाका सचिव पारषमणि राईले जानकारी दिए । आखाँ परीक्षणमा नेत्रालयका चिकित्सक अशोक तिवारीसहितका स्वास्थ्यकर्मीहरु परिचालित भएका थिए ।
सिंहदेवी स्कूलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ तिम्सीनाको अध्यक्षता तथा कमल ७ का वडाअध्यक्ष पृथ्वीपति राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रमको सञ्चालन विद्यालयका सदस्य सन्तोष राईले स्वागत मन्तव्य राखेका थिए । यसअघि रेडक्रसले कमल ५ को गुहेश्वरी स्कूल,कमल ६ को उज्यालो फाउण्डेशनमा समेत सोहि किसिमको आखाँ शिविर सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published.