देशकै उत्कृष्ट वक्ता कृतज्ञतालाई भव्य सम्मान

दमक,१२ फागुन । दमक –८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स ) कक्षा १० मा अध्ययनरत छात्रा कृतज्ञता थापालाई विद्यालयले आज एक भब्य कार्यक्रमका बीच सम्मान गरेको छ ।
विद्यालयको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरी उनलाई फूलमाला, खादा र सम्मान पत्र प्रदानसहित सम्मान गरेको हो ।सम्मानपत्र दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले हस्तान्तरण गरेका थिए ।
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलले यही फागुन ६ गते सैनिक मुख्यालय भद्रकाली काठमाडौंमा भएको बत्तृmत्वकलामा प्रथम भइ पुरस्कृत भएकी थिइन् । देशव्यापी बत्तृmत्वकलामा प्रथम भएपछि उनको प्रतिभालाई थप प्रोत्साहन दिन सम्मान कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
देशभरिका राष्ट्रिय सेवा दलका ४ वटा शिक्षालय अन्तर्गतका ४७ औं र ४८ औं व्याचका १५ हजार विद्यार्थीहरु मध्येबाट प्रतियोगितामा सहभागी १२ जना प्रतियोगीमध्ये उनले उत्कृष्ट भई प्रथम स्थान हासिल गरेकी हुन् । उनलाई सैनिक शिक्षालय याङ्शीला मोरङका शिक्षा अधिकृत दिपक गुरुङ र विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठ, संस्थापक सलुजा श्रेष्ठले सम्मान सहित बधाई ज्ञापन गरे ।

कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिका प्रमुख थापाले दमकको निजी विद्यालयमा अध्ययनरत विद्यार्थी वत्तृmत्वकलामा देशकै उत्कृष्ट भएकोमा आफूलाई गौरव अनुभूति भएको बताए । उनले प्रतिभाशाली कृतज्ञता र सोही विद्यालयकी पूर्वविद्यार्थी अर्की प्रतिभा सेलीया श्रेष्ठलाई आगामी वैशाखमा हुने नगरस्तरीय अन्तरविद्यालय सांस्कृतिक कार्यक्रममा नगरपालिकाको तर्फबाट सम्मान गर्ने घोषणा गरे ।

कार्यक्रममा दमक बहुमुखी क्याम्पसका प्राध्यापक धनञ्जय बाँस्कोटा, साहित्यकार धनकुटे कान्छा, झापा मोडलका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठ, प्रिन्सिपल सागर श्रेष्ठ, सम्मानित छात्रा कृतज्ञता थापा र अर्की पूर्वविद्यार्थी सेलीया श्रेष्ठले मन्तव्य राखेका थिए ।

विद्यालयका संस्थापक निर्देशक जयबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सम्मान  कार्यक्रममा सैनिक शिक्षालय याङ्शीलाका गणपति रमेश गुरुङ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी मनोज कुमार लामा, दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोकुल श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी लगायत विभिन्न व्यावसायिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.