विर्तामोड,११ फागुन । नेपाली कांग्रेस झापाले आजबाट शुरु भएको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरी सरकारी अभियान सफल बनाउन आम जनसमुदायमा आह्वान गरेको छ ।
कांग्रेस सचिव कृष्ण हुमागाईले विहिबार अपिल निकालेर जिल्लाबासी सबै जनताले औषधि सेवन गरेमा ६ बर्षमा निवारण हुने हात्तीपाइले रोग ११ बर्षमा समेत असफल भएकाले अव १२ औं चरणको यस औषधि सेवन कार्यक्रम सफल बनाउन पार्टीका सबै तहका नेता,कार्यकर्ता परिचालित हुन अनुरोध गरिएको उल्लेख छ ।
अभियानका क्रममा वितरण गरिने औषधिहरु बषौं पहिलेदेखि सरकारी स्वास्थ्य संस्थाहरुमा निशुल्क बितरण हुँदै आएको र औषधि पसलहरुमा विक्री वितरण गर्दै आएको तथा पूर्ण रुपमा सुरक्षित र प्रभावकारी औषधि भएको नेपाल सरकार स्वास्थ्य मन्त्रालयले पुष्टी गरिसकेको जनाइएको छ ।
उक्त औषधिले पेटको जुका, जुम्राजस्ता परजीवीहरुलाई नियन्त्रण गर्नुका साथै लुतो जस्ता रोग समेत निको पार्ने चिकित्सकले पुष्टी गरेको अपिलमा उल्लेख छ ।