शान्तिपुरमा आखाँ शिविर, २१९ जनाको परीक्षण

दमक,१० फागुन । झापाको कमल गाउँपालिका -६ शान्तिपुर टोलमा आज आयोजित निशुल्क आखाँ शिविरमा २ सय बढी लाभान्दित भएका छन् ।नेपाल रेडक्रस सोसाईटी कमल उपशाखा,पञ्चकन्या शान्तिपुर टोलबिकास संस्था र उज्यालो फाउण्डेसनको संयुक्त आयोजनामा भएको शिविरमा विद्यार्थी,शिक्षक,अभिभावकहरु गरि २१९ जनाको आखाँ परीक्षण गर्नुका साथैं चश्मा समेत प्रदान गरिएको थियो ।
फाउण्डेशनमा आयोजित शिविरमा मेची नेत्रालय दमकको प्राबिधिक सहयोग रहेको थियो । शिविरमा नेत्रालयकी अक्ट्रो मेडिस जुली सिंहको टोलीले सेवा पुरयाँएका रेडक्रस उपशाखा सचिव पारषमणि राईले बताए । शिविरमा रेडक्रस उपशाखा सभापति चन्द्र साहले आखाँ परीक्षणका लागि सामाग्री प्रदान गरि शुभारम्भ गरिएको थियो । रिडिङ ग्लास वितरण कार्यमा हेल्पिङ ह्याण्डलगायतका संस्थाले सहयोग पुरयाँएका थिए ।

Leave a Reply

Your email address will not be published.