दमक,१० फागुन । पापोहाङ आङ्देम्बे तासेःप सङ्जुम्भो दमकले शनिवार जग्गादाताहरुसहित संस्थालाई सहयोग पुरयाँउने दाताहरुलाई सम्मान गरेको छ ।सङ्जुम्भोको दमक- २ स्थित भाङवारीमा निर्माणाधिन जमीनमा एक कार्यक्रम गरि जग्गादाताहरु वीरवहादुर आङदेम्बे,जीवन आङदेम्बे तथा गएको तिहारमा खेलिएको देउसीभैलीमा सहयोग पुरयाँउने अग्रज दाताहरुलाई सामूहिक रुपमा सम्मान गरिएको हो । सङजुम्भोको कार्यालय भवनका लागि वीरवहादुरसहित देउकुमार,देउमान,पूजन,जीवन, विक्रम र विजय आङदेम्बे लगायतले ५ कठठा १ धुर जमीन दान दिएका थिए ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराईको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा वक्ताहरुले बन्धु एकता मजवुत बनाउन सके समाज रुपान्तरणमा सघाउँ पुरयाँउने औल्याएका थिए । सङ्जुम्भो दमकका अध्यक्ष कमल आङदेम्बेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दमकका नगर सभापति प्रकाश प्रसाईले कार्यालय भवन निर्माणका लागि २५ हजार उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
सोहि अवसरमा आङदेम्बे दाजुभाई,चेलीमाइतीहरुको उपस्थितिमा गालीश्राप बगाउनुका साथैं लिम्बूको प्राचिन धान नाँच ,च्याव्रुङ,केलाङ नाच समेत प्रस्तुत गरेर थप मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा दमक २ का वडाअध्यक्ष प्रजापति सापकोटा,संविधानसभा सदस्य ध्रुव आङदेम्बे,सङजुम्भोका कन्द्रीय महसचिव पकन्दी आङदेम्बे लगायत आङदेम्बे अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भवानी आङदेम्बेले गरेका थिए ।