दमक,१० फागुन । डाईनामिक पब्लिक लाईब्रेरी (डिपिएल) को अध्यक्षमा हेमन्त नेपाल निर्वाचित भएका छन् । दमकमा सोमबार सम्पन्न डिपिएलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट नेपालको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय कार्यसमिति निर्वाचित गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको कानुनी सल्लाहकारमा प्रदिप शर्मा बराल ,बरिष्ठ उपाध्यक्षमा बालचन्द्र कार्की ,महासचिवमा लक्ष्मी न्यौपाने , कोषाध्यक्षमा कमल गैरे , चार उपाध्यक्षमा अश्विन देउजा ,लोकेश सापकोटा ,शिव पराजुली र अनु भण्डारी निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त सन्दिप चापागाईले जानकारी दिए ।
यसैगरि, समितिका निर्देशकहरुमा बिनोद भट्टराई ,दिवश खतिवडा ,श्रेयाश्री थापा , रोशन सिम्खडा , राजन चापागाईँ ,सुजन आचार्य र महेश भण्डारी चयन भएका छन् ।
पठन संस्कृति विकास संगै सकरात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्वको विकास गर्ने उद्देश्यले स्थापित डिपिएल महाधिबेशनको झापा क्षेत्र न. ४ का संघिय संसद सदस्य लालप्रसाद सावाँले उद्घाटन गरेका थिए । महाधिबेशनमा एक सय बढी प्रतिनिधि,पर्यवेक्षकको सहभागिता रहेको थियो ।डिपिएलले हालसम्म देशभरिका १३ ठाँउमा शाखा विस्तार गरिसकेको छ ।
ककससंगै अनुभव आदानप्रदान
निर्वाचन आयुक्त चापागाईका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत नेतृत्वका आकांक्षी उम्मेदवारहरुवीच कमस गरिएको थियो । उम्मेदवारहरुले मेरो उम्मेद्वारी किन? भन्ने विषयमा आफ्नो प्रस्तुति राखेका थिए । दोस्रो दिनको अन्तर्गत उद्यमशील बहस कार्यक्रम रहेको थियो । जसमा ईसेवाका सञ्चालक अग्सर अलि र मेची सहकारी संस्थाका सिइयो खोम बोगालेले आफ्ना अनुभव साटासाट गरेका थिए ।
तेस्रो कार्यक्रम अन्तर्गत साहित्यकास राखिएको र त्यसमा दमकका केही साहित्यकार हरुले आफ्नो रचना बाचन गरेका थिए । युथ च्याम्प कार्यक्रममा डिपिएल टिन्स बोर्ड दमकका महासचिव पूर्णिमा तिम्सिना र डिपिएल गण्डकीका महासचिव सागर पौडेलवीच वक्त्तृmत्वकलामा सागर पौडेल बिजय बने ।