टिपरको ठक्करबाट बाबुछोराको मृत्यु

झापा, ९ फागुन । इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबुछोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम, सूर्योदय ६ खादीगाउँका ४० बर्षिय दिर्घ राई र पछाडि सवार उनका ७० बर्षिय बुबा पवनकुमार राई रहेका छन् ।
प्रहरीका अनुसार आज साँझ ६ः४० बजे रोङ– ३ हाँसपोखरीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाईते दिर्घको राति ८ः१२ बजे र उनका बुबा पवनकुमार राईको ८ः२१ बजे उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल ,टिपरसहित टिपर चालक इलाम, माईजोगमाई –२ शान्ति चोकका ३० बर्षिय खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.